KhabarUjyalo

दुई साता देखि बेपत्ता भएका ओलनीका मुकेश जङ्गलमा मृत फेला

१२ पुष २०७८, सोमबार
दुई साता देखि बेपत्ता भएका ओलनीका मुकेश जङ्गलमा मृत फेला

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नं ११ ओलनीका एक युवक मृत फेला परेका छन् । घरवाट मिल जान्छु भन्दै गएको मंसिर २७ गतेदेखी बेपत्ता भएका अन्दाजी २० बर्षीय मुकेश साउँद मृत फेला परेका हुन् ।

केही सुस्त मनस्थिती भएका साउँदको शव आईतबार गोदावरी ५ गेटामा सामुदायिक बनमा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

१५ दिन देखी बेपत्ता साउँदको जाडोका कारण जंगलमै कट्याङ्ग्रीएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo