KhabarUjyalo

कक्षा १० मा पढ्ने धनगढीका ४ विद्यार्थीले डेढ लाखमै बनाए इलेक्ट्रिक कार !

११ पुष २०७८, आईतवार
कक्षा १० मा पढ्ने धनगढीका ४ विद्यार्थीले डेढ लाखमै बनाए इलेक्ट्रिक कार !

धनगढी : धनगढीका ४ विद्यार्थीले सार टिमले ‘अल्फा’ नामक विधुतीय चार पाङ्ग्रे कार निमार्ण गरेका छन् ।

धनगढीमा रहेको एक्सीस विद्या आश्रममा कक्षा १० मा अध्ययनरत ४ विद्यार्थी ऋषिकेश थापा,रोहित ऐर,आदित्य जोशी,सक्षम रेग्मीले उक्त कार निमार्ण गरेका हुन् ।

कोरोना महामारीको अवधिमा लागू भएको लकडाउनको समयमा ४ महिना लगाएर चार चक्के इलेक्ट्रिक कारको निर्माण गरीएको ऋषिकेश थापाले बताए। एक लाख ५० हजारको लगानीमा विभिन्न सामग्रीहरु जुटाएर आफ्नै परिश्रमबाट गाडी निर्माण गरेको उनले बताए ।

दोस्रो चरणको कोरोना महामारीमा लकडाउनको बेला फुर्सदिलो समयलाई उपयोग गर्दै कार बनाउने योजना भयो। घर परिवार,स्कुल लगायतको सहयोगमा विधुतीय चार पाङ्ग्रे कार निमार्ण गरेका थापाले बताए ।

आइतबार धनगढीमा सार्वजनिक गरिएको उक्त कारमा ४ ब्याक्ट्री प्रयोग गरिएको छ भने उक्त कारले ७ क्विन्टल बोक्न सक्ने बताइएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo