KhabarUjyalo

धनगढीमा जारी प्रधानमन्त्री कप महिलाको उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्दै

११ पुष २०७८, आईतवार
धनगढीमा जारी प्रधानमन्त्री कप महिलाको उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्दै

धनगढी,११ पुस । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ भिड्ने भएका छन् ।

शनिबार फाप्ला क्रिकेट मैदानमा भएको सेमिफाईनलमा जित हासिल गर्दै दुबै टोली उपाधिका लागि भिड्ने भएका हुन् । पहिलो सेमिफाईनलमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको हो भने एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गरेको हो ।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भईरहेको प्रतियोगिताको फाईनल आईतबार हुनेछ । फाईनलमा उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo