KhabarUjyalo

धनगढीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा एपीएफको लगातार दाेस्रो जित

७ पुष २०७८, बुधबार
धनगढीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा एपीएफको लगातार दाेस्रो जित

काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ८९ रनले हराएको छ ।

धनगढीको फाप्ला मैदानमा आज बुधवार भएकाे खेलमा एपीएफले दिएको एक सय २९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १४ ओभरमा ३९ रनमै अलआउट भयो । सुदूरपश्चिमका लागि रुवी पोद्दार र रितु कनौजीयाले १०/१० रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ एपीएफकी करुणा भण्डारीले चार विकेट लिइन् ।

आजको जितसँगै एपीएफले दुई खेलमा चार अङ्क बनाउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । 

आजको दोस्रो खेलमा अहिले प्रदेश २ र गण्डकी प्रदेश खेलिरहेका छन् । दुवै टोलीले आफ्नो पहिलो खेल हारेकाले सेमिफाइलनको आशा बचाइ राख्न आजको खेल जित्नैपर्ने दबाबमा छन् । समूह ‘ए’ बाट प्रदेश १ शीर्ष र लुम्बिनी दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo