धनगढी : धनगढीमा तेस्रो दिपेन्द्र स्वार स्मृति क्रिकेट प्रतियोगिताको आज फाईनल खेल हुने भएको छ । दिपु सोसाइटी धनगढीको आयोजनामा यहि मङ्सिर २९ गतेदेखि पुस ५ गते सम्म सञ्चालित प्रतियोगिताको आज अन्तिम दिन फाइनल खेल भइरहेको हो ।
१६ टिम को सहभागीता रहेको प्रतियोगितामा फाईनल खेलमा आज शिवनगर लायन्स क्लब धनगढी र एबि सप्लार्यस महेन्द्रनगर बिच प्रतिस्पर्धा हुने भएको छ ।
धनगढी उप-महानगरपालिकाका प्रमुख नृप ब. वड को प्रमुख आतिथ्यतामा सोमबार ११ बजे दिखी कैलाली बहुमुखी क्यामसको खेलमैदानमा अन्तिम खेल हुने प्रतियोगिताका कार्यक्रम संयोजक नबिन दाहालले जानकारी दिए ।
