KhabarUjyalo

दुर्गा प्रसाईंका स्वकीय सचिव पनि पक्राउ 

November 28, 2023
दुर्गा प्रसाईंका स्वकीय सचिव पनि पक्राउ 

काठमाडौ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पनि पक्राउ परेका छन्।

सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।

जसमध्ये प्रसाईंका स्वकीय सचिव रहेका विनञ्जय थापा पनि रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। उनीसहित १५ जना अहिले प्रहरी हिरासतमा छन्।

यसअघि प्रहरीले विवादास्पद अभिव्यक्ति दिने धर्मगुरू श्रीनिवास आचार्यलाई पनि पक्राउ गरेको थियो।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo