KhabarUjyalo

वन मन्त्रालयले घोषणा गर्‍यो जङ्गली बँदेललाई हानिकारक वन्यजन्तु !

८ मंसिर २०८०, शुक्रबार
वन मन्त्रालयले घोषणा गर्‍यो जङ्गली बँदेललाई हानिकारक वन्यजन्तु !

काठमाडौँ । सरकारले जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेल बाहेकको जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको हो । त्यस्ता जङ्गली बँदेलले निजी खेत, खला, बारीमा आई क्षति पु–याउने अवस्था भएमा त्यस्तो खेत, खला, बारीका धनीले विभिन्न शर्तको अधीनमा रही बिना अनुज्ञापत्र धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo