KhabarUjyalo

चौलोले प्रख्यात बडाल जाँत आज, दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास !

November 24, 2023
चौलोले प्रख्यात बडाल जाँत आज, दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास !

डडेल्धुरा : चौलोले प्रख्यात डडेल्धुराको बडाल जाँत आज हुदैछ। जिल्लाको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँत आज हुन लागेको हो ।

सुदूरपश्चिमकै सबैभन्दा बढी दाइन, दमाहा र भोक्कर बजाइने मेलाका रूपमा समेत बडाल जाँत प्रसिद्ध  रहेको छ । हिजो रातिबाट पूजा गरी, जाग्राम बसेर आज बिहानदेखि मेला लाग्ने गर्छ । बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार नचाउने गर्छन ।

दाइन, दमाहा, रुइसिंग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुनेगर्छ ।

लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहेको छ ।

मेला भर्नका लागि गन्यापधुरा गाउँपालिकासहित अन्य स्थानिय तह र कैलाली, कञ्चनपुर, बैतडी, डोटी तथा भारतको उत्तराञ्चल प्रदेशबाट समेत भक्तजन जाने गरेका छन् ।

मेलामा आफ्न्तहरुले भेटघाट गर्दै आफ्ना सुखदुःखका कुरा साटासाट हुनेगर्छ । मेलामा स्थानीय स्तरमा उत्पादित बस्तु र कृषि उपजको व्यापारसमेत हुने गर्दछ ।

मेलामा इन्सपेक्टरको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिने छन् ।

मेला अवसरमा स्थानीय सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo