KhabarUjyalo

गणतन्त्र उल्टाउने सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री

November 22, 2023
गणतन्त्र उल्टाउने सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रण्चड’ले प्राप्त उपलब्धि रक्षाका लागि सबै एक हुन आग्रह गरेका छन् ।

बुधवार शंखधर दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय लोकतन्त्रपछिका उपलब्धिलाई कमजोर बनाउँदै जाने क्रम बढेको भन्दै सबैले एक ठाउँमा उभिएर उपलब्धिको रक्षामा लाग्नुपर्ने बताए ।

उनले आन्दोलन सफल भएपछि प्राप्त उपलब्धिको रक्षा गर्न बिर्सने परिपाटी विकास भएको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको बताए । उनले व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै दुःसाहस, दिवा स्वप्न र ठूलो विभ्रम फैलाउने कसरतमा लागे पनि सफल हुन नसक्ने बताए ।

उनले भने, ‘एकथरी तत्त्वहरू अहिले एउटा दुःसाहस, दिवा स्वप्न र एउटा ठूलो विभ्रम फैलाउने कसरतमा छन्, जो कहिल्यै पूरा हुनेवाला छैन । राणा शासनविरोधी आन्दोलन होस् वा निरंकुश निर्दलीय तानाशाही पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन होस् । त्यसमा नेपाली जनता र उपत्यकाका नेवार समुदायको भूमिका महत्त्वपूर्ण छ । सबै ठूला क्रान्तिपछि प्रतिगामी वा इतिहासको मञ्चबाट गलत्याइएका तत्त्वहरूले एकपटक फेरि फर्कने जमर्को गर्छन्। उनीहरूले अन्तिम रूपमा तागत प्रयोग गर्छन् ।’

प्रधानमन्त्री प्रचण्डले जनताका हक अधिकारका लागि अझै अघि बढेर लड्नुपर्ने आवश्यकता रहेको बताए ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo