KhabarUjyalo

सामाजिक सञ्जालमा बदनाम गर्ने रास्वपाका २ कार्यकर्ता पक्राउ

November 22, 2023
सामाजिक सञ्जालमा बदनाम गर्ने रास्वपाका २ कार्यकर्ता पक्राउ

काठमाडौं : भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल युटुबर सन्तोष देउजाको तस्वीर तोडमोड गरी सामाजिक सञ्जालमा राखी बदनाम गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन्। उनीहरु दुवै जनालाई गएराति घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी निकटका शर्माले दाहाल र देउजाको फोटो इडिट गरी सामाजिक सञ्जालमा फोटो अपलोड गरेका थिए भने उक्त फोटोलाई देवकोटाले शेयर गरेका थिए। पक्राउ परेकाहरु विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मेयरसँग जोडेर बदनाम गर्न खोजेको भन्दै पत्रकार देउजाले हिजो प्रहरीमा ठाडो उजुरी दिएका थिए।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo