KhabarUjyalo

सेती अस्पतालमा एक नवजात शिशुको मृत्यु, डाक्टरको लापरबाहीले शिशुको मृत्यु भएको आरोप

६ मंसिर २०८०, बुधबार
सेती अस्पतालमा एक नवजात शिशुको मृत्यु, डाक्टरको लापरबाहीले शिशुको मृत्यु भएको आरोप

धनगढी – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बंग्राकटानकी २४ बर्षिया तारा विकले जन्माएको शिशुको मृत्यु भएको हो।

चिकित्सकको लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको र शिशुको मृत्यु भएपछि डाक्टर अन्जर्ना शर्मा फरार भएको सुत्केरीका आफन्तले आरोप लगाएका छन् ।

अप्रेसनका क्रममा शिशुको मृत्यु भएपछि सुत्केरी ताराको पेट काटिएकै छोडेर डाक्टर अन्जर्ना शर्मा अस्पतालबाट फरार भएको सुत्केरीका आफन्त सुरेश सुनारले बताए ।

सिजरको माध्यमबाट बच्चालाई निकालीएको थियो ।

अस्पताल प्रशासनले भने घटनापछि चिकित्सकहरू फरार नभएको दाबी गरेको छ । सुत्केरीका आफन्तहरू आक्रामक शैलीमा कुटपिटमा उत्रिएपछि चिकित्सकहरू क्वाटरमा बसिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बताए ।

सुत्केरीका आफन्तहरूले लापरबाही गर्ने चिकित्सहरुमाथी कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेका छन् ।

 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo