KhabarUjyalo

भारत र अष्ट्रेलियाबीच बिहीबारदेखि टी–२० श्रृंखला हुँदै

५ मंसिर २०८०, मंगलवार
भारत र अष्ट्रेलियाबीच बिहीबारदेखि टी–२० श्रृंखला हुँदै

काठमाडौं। भारत र अष्ट्रेलियाबीच बिहीबारदेखि टी–२० श्रृंखला शुरू हुँदैछ। विश्वकपको फाइनलमा भारतले अष्ट्रेलियासँग भोगेको हारको पीडा भुल्न नपाउँदै घरेलु मैदानमा पाँच ओटा खेलको टी–२० श्रृंखला खेल्न लागेको हो।

पहिलो टी–२० बिहीबार भारतकाे विशाखापट्नममा हुँदैछ। प्रतियोगिताका लागि भारतीय टिमको घोषणा भएको छ। सूर्यकुमार यादवलाई कप्तानी सुम्पिएको  । तर विकेटकिपर सन्जु स्यामसनले भने मौका पाएका छैनन्।

विश्वकप खेलेका तीन खेलाडीले मात्र टी–२० मा ठाउँ पाएका छन्। जसमा सूर्यकुमार, ईशान किशन र प्रसिद्ध कृष्णा सामेल भएका छन्। कप्तान रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजालाई आराम दिइएको छ।

श्रेयस अय्यरलाई अन्तिम दुई खेलका लागि उपकप्तान बनाइएको छ। शुरुआती तीन खेलमा ऋतुराज गायकवाडले उपकप्तानी सम्हाल्नेछन् ।

अन्य खेलाडीहरुमा यशस्वी जयसवाल, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा, वासिंगटन सुन्दर, अक्षर पटेल, शिवम दुबे, रवि बिस्नोई, अर्शदीप सिंह, आवेश खान र मुकेश कुमार रहेका छन् ।

अष्ट्रेलियाको टिममा पनि परिर्वतन भएको छ। डेभिड वार्नरले भने नखेल्ने भएका छन् । उनको ठाउँमा अलराउन्डर आरोन हार्डीलाई बोलाइएको छ । त्यसतै कान रिचर्डसनलाई बोलाइएको छ ।

वार्नरले पाकिस्तानविरुद्धको टेष्ट क्रिकेटका लागि तयारी गर्न टी–२० छाडेका हुन् । उनले पाकिस्तानसँगको टेष्ट श्रृंखलापछि संन्यास लिनेछन् । अष्ट्रेलियाको टिममा कप्तान पाट कमिन्स, जोश हाज्लेवुड र मिचेल स्टार्क, क्यामरुन ग्रिन र मिचेल मार्श घर फर्कने छन् । टिमको नेतृत्व म्याथ्यु वाडेले गर्नेछन् ।

भारतीय टिम घरेलु मैदानमा पछिल्ला १३ टी–२० श्रृंखलामा अपराजित रहेको छ । पछिल्लो हार सन् २०१९ मा अष्ट्रेलियासँगै मिलेको थियो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo