धनगढी । कैलालीको अत्तरियामा ट्रकको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु भएको छ ।
शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ गइरहेको म प्र ०३०१ख९६५० ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका-२ बस्ने ६० वर्षीय भगवती रोस्यारा (कटि दिदि) को मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका-१ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
उनी डोटीमा कटी दिदीको नामले परिचित थिइन् । २०६२/६३ को आन्दोलन, अखण्ड सुदूरपश्चिम आन्दोलन लगायत आन्दोलनमा डोटीमा सक्रिय रहेकी थिइन् ।