KhabarUjyalo

टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही हुने

November 15, 2023
टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही हुने

काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ ।

प्राधिकरणले हिजो एक विज्ञप्ति निकालेर निर्देशनको पालना नगरे कारबाही हुने चेतावनी दिएको छ ।

प्राधिकरणले निर्देशनको पालना नगरे दूरसञ्चार ऐन, २०५३ अनुसार कारबाही हुने उल्लेख गरेको छ । मन्त्रिपरिषद्को अस्ति बसेको बैठकले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo