KhabarUjyalo

कञ्चनपुरको एक सहकारीमा चोरी गरेको आरोपमा सुन्दर र अमृत पक्राउ

November 12, 2023
कञ्चनपुरको एक सहकारीमा चोरी गरेको आरोपमा सुन्दर र अमृत पक्राउ

कञ्चनपुरः  कञ्चनपुरको एक सहकारीबाट रुपैँया चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

कार्तिक २२ गते राती दोधारा चाँदनी नगरपालिका–२ मा रहेको चाँदनी कृषी सहकारी संस्था लिमिटेडबाट ५ लाख ५१ हजार ७१८ रुपैयाँ चोरी भएको थियो।

सोही चोरीको आरोपमा बझाङको जयपृथ्वी नगरपालिका–१ का २६ वर्षीय अमृत सार्की र भीमदत्त नगरपालिका– १२ ऐरी गाउँका २३ वर्षीय सुन्दर टमटालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दोधरा चाँदनीका इन्चार्ज प्रहरी निरीक्षक होमप्रकाश चौधरीले बताए।

दुवैजनालाई हिजो (शनिवार) भीमदत्त नगरपालिका –४ मदनचोकबाट पक्राउ गरिएको थियो। पक्राउ परेका दुवै जनाको साथबाट नगद २ लाख ३ हजार ८८० रुपैँया र तीन थान मोबाइल फेला परेको इन्चार्ज प्रहरी निरीक्षक चौधरीले बताए।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo