KhabarUjyalo

जुवाखालबाट प्रहरी असई पक्राउ

November 11, 2023
जुवाखालबाट प्रहरी असई पक्राउ

काठमाडौं। धुलिखेलमा शुक्रबार जुवाखालबाट पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक (असई) पनि रहेकाे खुलेको छ। असई भिमसेन आचार्य अन्य १२ जना जुवाडेसँगै समातिएका हुन्।

धुलिखेल ४ स्थित यूनिक भोजनालयमा छापा हानी प्रहरीले ४ लाख ४२ हजार नगदसहित १३ जनालाई पक्राउ गरेको थियो। प्रहरीले पक्राउ परेकाहरूको नाम प्रहरीले गोप्य राखेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जुवामा असई पनि पक्राउ परेको पुष्टि गरे। तर आफू खाजा खान जाने क्रममा हुलमुलमा परेर समातिएको उनले बताएका छन्। बनेपा बस्ने असई आचार्य मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत छन् । उनी पहिलेदेखि नै जुवा खेल्दै आएको प्रहरी अधिकारी बताउँछन् ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo