अछाम: अछाममा जुवाको खालबाट ९ जना पक्राउ परेका छन् ।
जिल्लाको पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर ३ कागतोला निवासी बलबहादुर शाहीको बाझो घरमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट सई धनन्जय रानाको कमाण्डमा खटिएको टोलीले जुवा खालबाट ३६ हजार एक सय नगदसहित उनीहरुलाई पक्राउ गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
पक्राउ पर्नेमा पञ्चदेवल बिनायक न.पा.३ निवासी बिनोद शाही, कृष्ण भक्त जैशी,रमेश शाही, पदम आउजी,शेर बहादुर आउजी , खकेन्द्र तिमिल्सेना, कृष्ण बुढा, हेमन्त शाही र तुल बहादुर बि.क. रहेका प्रहरी नायब उपरीक्षक पाठकले बताए ।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
