KhabarUjyalo

ओमानलाई नेपालले दियाे १ सय ८५ रनकाे लक्ष्य

१९ कार्तिक २०८०, आईतवार
ओमानलाई नेपालले दियाे १ सय ८५ रनकाे लक्ष्य

आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले ओ‌मानलाई १ सय ८५ रनकाे लक्ष्य दिएकाे छ । टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएकाे हाे ।

नेपालका लागि कप्तान राेहितकुमार पाैडेल, गुल्शन झा र करण केसीले शानदार ब्याटिङ गरे । गुल्शनले २५ बलमा ५४ रनकाे शानदार अर्धशतकीय पारी खेले । सुरुवाती ब्याटरहरू सस्तैमा आउट भएका बेला मैदान छिरेका उनले कप्तान पाैडेलसँग महत्वपूर्ण साझेदारी गर्दै टिमलाई उकासेका हुन् ।

पाैडेल ३७ बलमा ५२ रनकाे अर्धशतकीय पारी खेलेर नटआउट रहे । करण केसी ६ बलमा २० रन बनाएर नटआउट रहे । कुशल भुर्तेलले २२ बलमा ३१, आसिफ सेखले ६ बलमा ६, सन्दीप जाेराले १३ मा १०, कुशल मल्लले ९ बलमा ३ र विवेक यादवले ३ बलमा १ रनकाे याेगदान दिए ।

ओमानका बिलाल खानले तीन तथा आकिब सुलेहरीले दुई विकेट लिए । जिशान मकसुदलले एक विकेट लिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo