KhabarUjyalo

कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले !

November 4, 2023
कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले !

काठमाडौँ । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलबाट मन्त्री थपेपछि एमालेले कोशी सरकार छाडेको छ।

शनिबार बिहान मुख्यमन्त्री कार्कीलाई मन्त्री रामबहादुर राना मगरले राजीनामा बुझाएका छन्।

मुख्यमन्त्रीले सहमति अनुसार कदम नचालेको भन्दै सरकार छाडेको मन्त्री रानाको भनाइ छ। उनी विना विभागीय मन्त्री थिए।

एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीले शुक्रबार उसको सहमति बेगर माओवादी र एकीकृत समाजवादीबाट एक एक जना मन्त्रीलाई सपथ गराएका थिए।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo