KhabarUjyalo

विपन्न बर्गका बिरामीको निःशुल्क उपचार गर्न अस्पताललाई धनगढी उपमहानगरको निर्देशन

१५ कार्तिक २०८०, बुधबार
विपन्न बर्गका बिरामीको निःशुल्क उपचार गर्न अस्पताललाई धनगढी उपमहानगरको निर्देशन

धनगढीः धनगढी उपमहानगरपालिकाले विपन्न असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर्न अस्पताललाई परिपत्र गरेको छ।

बुधबार परिपत्र गर्दै धनगढी उपमहानगरपालिकाले कूल शय्याको १०% शय्या छुट्याई निःशुल्क उपचारको कार्यान्वयन गर्न निर्देशन गरेको हो ।

 

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा निःशुल्क उपचारको प्रावधान लागू नगरिए प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी दिइएको छ।

उपमहानगरले माया मेट्रो अस्पताल प्रालि, निसर्ग अस्पताल प्रालि, नवजीवन अस्पताल प्रालि, केजी अस्पताल प्रालि, कैलाली अस्पताल प्रालि, सौभाग्य अस्पताल तथा रिसर्च सेन्टर प्रालि, स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि, सीपी अस्पताल प्रालि, ओम आशा अस्पताल प्रालि, नोभा अस्पताल प्रालि, सारथी अस्पताल प्रालि र धनगढी नेत्रालयलाई पत्र पठाएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo