KhabarUjyalo

डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा परी पूर्व सईको मृत्यु

१५ कार्तिक २०८०, बुधबार
डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा परी पूर्व सईको मृत्यु

डडेल्धुरा ।  डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो भीमदत्त राजमार्ग अन्तर्गत आलिताल गाउँपालिका–१ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको यूके०६बीसी २११२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ ऐरीछाना निवासी अन्दाजी ५४ वर्षीय शम्भुसिंह धामीको मृत्यु भएको हो ।

प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार धामीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर विपरित दिशातर्फबाट आउँदै गरेको बैतडी सुर्नाया गाउँपालिका–२ बस्ने ३५ वर्षीय कृष्ण विष्टले चलाएको सुुपप्र०१००१च २९५५ नम्बरको कारमा समेत ठोक्किएको जनाएको छ ।

दुर्घटनामा घाइते भएका धामीको टाउकोमा चोट लागेकोमा उनलाई उपचारका लागि धगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो । चिकित्सकले मृत घोषणा गरेको थियो ।

मृतक धामी नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरीक्षक(सई) हुन ।

कार चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo