KhabarUjyalo

पारिजिता बास्तोला अमेरिकी द भ्वाइसको शीर्ष ८ मा प्रवेश !

१४ मंसिर २०७९, बुधबार
पारिजिता बास्तोला अमेरिकी द भ्वाइसको शीर्ष ८ मा प्रवेश !

काठमाडौँ । अमेरिकी ‘द भ्वाइस’ की प्रतिभाशाली प्रतियोगी पारिजिता बास्तोला शीर्ष ८ मा पुग्न सफल भएकी छन् । सोमबारको प्रस्तुतिपछि उनी अगाडि बढ्दै शीर्ष ८ मा पुग्न सफल भएकी हुन् । मङ्गलवार उनको नाम शीर्ष आठमा पुगेको घोषणा भएको हो ।

नोभेम्बर २९ भएको घोषणामा २ जना बाहिरिएका छन् । पारिजिताले गायिका एलेसिया काराको स्कार्स टु योर ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन् । एलेसिया कारा क्यानाडेली गायिका तथा गीतकार हुन् । उनले उनले आफ्नो गीत पारिजिताले गाएपछि बधाई दिएकी छिन । उनले परिजिताको प्रस्तुतिलाई सुन्दर र शानदार भन्दै प्रशंसा गरेकी छिन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo