KhabarUjyalo

प्रिय रवी सर ! राजनीतिक ललीपको लोभमा नफस्नु होला

१३ मंसिर २०७९, मंगलवार
प्रिय रवी सर ! राजनीतिक ललीपको लोभमा नफस्नु होला

प्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवी सर नमस्कार । अशान्त मन र जलिरहेको मुटुसहित परदेशबाट तपाईलाई यो पत्र प्रेषित गरेको छु । निर्दोष कलम र मन भित्रका बोझीला अनी चोटिला भाबनाहरु पोख्नुबाहेक यतिसम्मको अधिकार त दिनु हुन्छ होला नि हैन ? जुन उद्देश्य लिएर हिम्मत र शाहसका साथ राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्नु भएको थियो ।

त्यसरीनै तपाईलाई जनताहरुले विश्वास गरि तपाई लगाएत अन्य तपाईका पार्टीका केही व्यक्तीहरुलाई अनुमोदन तथा निर्वाचीत गर्नु भएको छ ! त्यसरीनै जनताको बिश्वास र भरोसा नटुटाउनु होला । नेपालमा उद्योगहरु देखी सामाजिक सुरक्षा सम्म सबै क्षेत्रलाई राजनीतीको शिखार बनाई तहस नहस पारिएको छ। माथी उकास्न धेरै जटील छ। कागजी रुपमा प्रजातन्त्र लोकतन्त्र गणतन्त्र जे जे तन्त्र आए पनि जनताको जिबन स्तरमा कुनै परिवर्तन आएको छैन । जब सम्म जनताको जिबन स्तरमा परिवर्तन आउँदैन तब सम्म कागजमा जुनसुकै तन्त्र आएपनि कुनै अर्थ छैन । सिमीत व्यक्तीहरु बाहेक अरु जनताहरु दिनहुँ गरिब हुँदै गई रहेका छन् र रोजगारीका लागी लाखौं युवाहरू परदेशीनु पर्ने बाध्यतामा छन् । परदेशमा के कस्तो पिडा र संघर्ष छ। स्वयंम तपाई परदेशी भई सकेको व्यक्तीलाई अवगत नै छ। साथै ८० लाख जती परदेशिएका युवा हरुको मेहेनेत र पसिना बगाएर कमाएर पठाएको रेमिटान्सले देशको दैनिकी चली रहेको कुरा पनि तपाईलाई अवगतनै होला ! रबी सर , तपाईलाई मेरो बिशेष अनुरोध छ। कचौरा समातेर भिग भागेर देशको बिकास गर्छौ भन्नेहरुको पछि बिल्कुलै नलाग्नु होला भिग मागेर देशको बिकास सम्भब नै छैन। साथै अब आफुलाई राजनीतिक खेलाडी भन्ने हरुले अनेक तरिका बाट तपाईलाई ललीपप फाल्ने छन् ! त्यो ललीपपमा फस्ने र लोभिने काम बिल्कुलै नगर्नुहोला ।
प्रधानमन्त्री सहित बन्ने प्रस्ताब गर्न पछि हट्ने छैनन् । जस्तो सुकै प्रस्ताब लाई पनि तपाई अस्वीकार गर्नुहोला र सरकारमा आफु जाने काम नै नगर्नु होला ! अहिलेको ५ बर्ष भनेको तपाईले प्रतिपक्षमै बसेर जनताको पिर मार्गा तथा अन्य समस्याहरुको उठान गरि सदनमा आवाज निकाल्ने मात्र हो।यदि तपाईले आफु सरकारमा जानु भयो भने तपाईलाई अनेक षडयन्त्र गरि बिफल पार्ने काम गरिनेछ र राष्ट्रीय स्वतन्त्र पार्टीको बढ्दो गतीलाई अंकुस लगाउने षडयन्त्र हुनेछ। त्यसैले रबी सर , कसैको पनि ललिपपमा नफस्नु होला । तपाईलाई एकदिन अवश्य पनि जनताले आफै बहुमत सहित सरकारमा पुगाउनेछन् । धर्यता गर्नुहोला । साथै तपाईलाई सफल कार्यकालको सुभकामना ! हवस् धन्यवाद ।

युवा समाजसेवी बिनय प्रकाश मल्ल, जापान

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo