KhabarUjyalo

आज फेरि एउटा निर्दोष अचानोको घाँटी रेटियो…(गजल)

११ मंसिर २०७९, आईतवार
आज फेरि एउटा निर्दोष अचानोको घाँटी रेटियो…(गजल)

मन सिलाई रहने पुरानो एउटा मेसिन भाँचियो,
टाल टुल पारेर राखेको जिन्दगी फेरि उध्रियो

कति कमजोर गाडेछुँ मैले सपनाको पिल्लर
रहरको एउटा घर बनाउँदा बनाउँदै भत्कियो

खुशीको अङ्क पछाडी शून्य थपिदा खुब फुर्किएँ
आखिरमा सबै शून्य अगाडी दशमलव थपियो

जुध्दा जुध्दै दुखाईको प्रत्येक प्रहारमा खुकुरीसङ्ग
आज फेरि एउटा निर्दोष अचानोको घाँटी रेटियो

मुखमै चारो लिएर जेनतेन गुँड सम्म त आइपुगेँ
हाय!चल्यो भुमरी अनि गुँड सङ्गै बचेरा उडाइदियो।

सरस्वती पौडेल (सरु)
भरतपुर ५,चितवन ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo