प्यारा , डडेल्धुराका सम्पुर्ण स्वतंत्र युवाका भाईहरु मिठो सम्झना…. । बिगत केही बर्ष देखी तपाईहरु सँगै कार्य गर्न पाउँदा अत्याधिक खुशी भएको छु। बिभिन्न कार्य गर्ने सिलसिलामा म बाट केही कमीकमजोरी वा गल्ती भएको भए क्षमाप्रार्थी छु। डडेल्धुरामा हामीले व्यक्तिको बिचार परिवर्तन गर्ने अभियान संचालन गरेर केही हद सम्म बिचार परिवर्तन गर्न सफल भयौं ! जुन कुरा तत्कालै सम्पन संघिय तथा प्रदेश निर्वाचनले पनि स्पष्ट पाऱ्यो । तर समय गतिशिल र परिवर्तनशिल छ।डडेल्धुराको सर्वाङ्गीण बिकासका लागी तथा भ्रष्ट्राचारी दलाल तस्कर तथा गलत प्रबृती भएका व्यक्तीहरु डडेल्धुराको राजनीतीमा हाबी भएको प्रष्ट देखिन्छ । त्यसैले डडेल्धुराको सर्वाङ्गीण विकासका लागी तथा भ्रष्ट्राचारी दलाल तस्कर तथा गलत प्रबृती भएका व्यक्तीहरुको डडेल्धुराको राजनीतीमा प्रभुत्व अन्तय गर्नका लागी डडेलधुराको ५२ वटै वडा बाट संगठीत भएर जानुपर्ने अपरिहार्यता देखियो ! त्यसैले डडेल्धुराका सचेत नागरिक तथा सम्पुर्ण युवाहरुसँग छलफल गरि आगामी दिनको पलानहरु तयार गरी अगाडी बड्नु हुनु सम्पूर्ण भाईहरुलाई म बिनम्र अनुरोध गर्दछु ! मेरो व्यक्तिगत बैकल्पीक सुझाब : १) डडेल्धुरामा नयाँ पार्टी खोलेर संगठीत भएर जाने २) बिचार मिल्ने पार्टी सँग विशेष छलफल गरेर आबद्ध भएर जाने ! नोटः म कुनै राजनितीकर्मी होईन त्यसैले मलाई कुनै नेता बन्नु पर्ने तथा मेयर सभासद ,मन्त्री आदी कुनै पनि लाभको पदमा पुग्नु पर्ने आवश्यकता छैन। त्यसैले नबयुवाहरुलेनै नेतृत्व गरेर अघी बढ्ने समय आएको छ। आसा छ तपाईहरु संङ्गठीत भएर जानुहुने छ। र समाज रुपान्तरण तथा डडेल्धुराको सवाङ्गीण बिकासमा अहम् भुमीका खेल्नु हुनेछ। तपाईहरुकै नेतृत्व बाट डडेल्धुराको समाज रुपान्तरण र डडेल्धुराको सर्वाङ्गीण विकास भएको हेर्न पाउँ ! चिन्ता नलिनु होला तपाईहरुको ब्याग सपोर्टमा सधै मलाई पाउँनु हुनेछ ! धन्यवाद ! तपाईहरुलाई सधै मायाँ गर्ने ( युवा समाजसेबी बिनय प्रकाश मल्ल, टोकियो , जापान )
