KhabarUjyalo

मंसिर ४ : देश र जनताले जित्ने दिन !

२ मंसिर २०७९, शुक्रबार
मंसिर ४ : देश र जनताले जित्ने दिन !

धनगढी : मंसिर ४ गते गरिबी,अशिक्षा, बेरोजगारी र भ्रष्टाचारीको पराजित भएर देश र जनता जित्ने दिन हो । देश विकासका लागी तपाईको एक भोट उतिकै महत्त्वपूर्ण छ ।गरिबी,अशिक्षा, बेरोजगारी र भ्रष्टाचारीको पराजिय सहित देश र जनता विजयको दिन हो । त्यसैले त्यो समान मताधिकारको सदुपयोग गरौँ ।

अबको निर्वाचनमा परिक्षण नभएका ,जोश जागर भएका , इमान्दारीता र नैतिवान चरित्रका ,पहिले मेरो राष्ट्र अनि बल्ल म भन्ने राष्ट्र प्रथम भावनाले ओतप्रोत भएका , अबको ८० वर्षसम्मको नेपाल र नेपालीको भविष्य देख्न सक्ने सक्षम ,योग्य,कर्मठ र नैतिकवान नेतृत्व आवश्यक रहेको छ ।
भोट भोटकै लागि मात्र नबनाउ किनकि अबको निर्वाचन पछि नियुक्त हुने सरकार प्रमुख केवल सरकार प्रमुख मात्र होइन, देशकै विश्वविद्यालयको कुलपति पनि हुनेछन । तपाईं आफू पढ्ने विश्वविद्यालयको कुलपति कस्तो चाहानुहुन्छ? अहिले सम्मका कुलपती बाट सन्तोषजनक हुनुहुन्छ त? त्यसैले त्यो पदभारा लिन सक्ने व्याक्तित्वलाइ एक भोट दिनुस । किनकी हाम्रो भोट जस्तै, राज्यको हरेक नीति, व्यवस्था ,अवस्था र भविष्य उस्तै हुन्छ ।

साचिकै अहिले मत बदरले धेरै असल उम्मेदवारको बिजय भैरहेको छैन तसर्थ ,मत बदरको संख्या कसरी न्यून गर्ने भन्ने बारे पनि उचित जनचेतना मुलक कार्यक्रम नमुना पत्र सहित ल्याइनु पर्छ,हरेक वृद्धलाई सिकाउनु पर्छ ,हरेक नबुझेका लाई बुझाउनु पर्छ ।

आफ्नो मताधिकार प्रयोग गरि राजनितीलाई सत्तामुखी राजनिती होइन रुपान्तरणमुखी राजनिती हुनु पर्छ ।

सृष्टि जोशी
धनगढी ,कैलाली ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo