KhabarUjyalo

राजनीति: मगन्ते घोषणा पत्र

३० कार्तिक २०७९, बुधबार
राजनीति: मगन्ते घोषणा पत्र

काठमाडौ – राजनितिक पार्टीहरुले हरेक पटक चुनाबको समयमा आफ्नो नीति तथा लक्ष्यले भरिएका घोषणपत्रहरु जारी गर्ने गर्दछन । घोषणापत्रमा हरेक नागरिकका समस्याहरुलाई भित्रैबाट बिश्लेषण गरी ती समस्यालाई सजिलै समाधान गरी उज्वल भविश्यका ठूला ठूला सपनाका पोकाहरु बाडिएको हुन्छ ।
घोषणापत्रहरु पढ्दा लाग्छ, अबको ५ बर्षमा देशको कायापलट हुने छ । सामाजिक, आर्थिक तथा शैक्षिक लगायतका सबै पक्षबाट देशले फड्को मार्नेछ । अझ भनौ यस्तो लाग्छ चुनाब सकिन साथ उज्ववल भविश्यले पर्खी रहेको छ । घोषणा पत्र यसरी तयार गरिन्छकी मानौ एउटा ठूलो खोला तर्न साथ पारीको भाग सबै सुखै सुख तथा समृद्धीले भरिपूूर्ण छ । राजिनितिक पार्टी आफ्नो घोषणापत्र जनता समक्ष लग्छन, सपना देखाउछन् र चुनाव जित्छन् । घोषणापत्रमा गरिएका वाचाहरु र देखाइएका सपनाहरु सम्बन्धित दलको त के कूरा, केही दिन त प्रतिपक्षीहरुलाई मात्र सम्झना रहन्छ, कालन्तरमा उनीहरु समेत विर्सिन्छन् ।

नेपाली जनताले धेरै पटक देश बिकशित भएको सपना देखेका छन् तर त्यो विकास केवल कागजका पान्नामामात्र सिमित हुन पुग्यो, चुनाबका बेला नागरिकलाई गास, बास, कपास, शिक्षा, स्वाथ्य, रोजगारीको झुट्टा साविक भै सकेका बाचा गरेका राजनितिज्ञहरु फेरी उही चुनावी नाराका घोषणापत्रका साथ चुनावी मैदानमा लाग्दछन । उनीहरुलाई आफ्ना बाचा पुरा गर्न नसकेको न कुनै हिनताबोध छ न कुनै पछुतो अझ फुर्तीका साथ बिपक्ष दल तथा देशी बिदेशी शक्तिले गर्दा बाचा पुरा गर्न नपाएको भन्ने भ्रमको खेती जनता सामु छर्नुछ । चुनाबको बेला भनिएका निशुल्क स्वास्थ्यको पहुँच पनि तिनै नेता तथा नेताका आसेपासे कार्यकर्ताहरुलाई, रोजगारीको बाचा पनि आफ्नै आसेपासेलाई, शिक्षा तथा छात्रबृद्धीको बाचा पनि आफ्नै बालबच्चा तथा आसेपासलेलाई नत उनीहरुलाई गरिब जनताको रोग, भोक, अशिक्षाको पिडा छ । त्यसैले होला चुनाव पश्चात उहीहरुका पिडा ज्यूँका त्यूूँ हुने गर्दछ । पूर्ण रुपमा साक्षर गराउने बाचाका शब्दहरुमा नै सिमित हुने गर्दछ ।

लाखौ पर्यटन नेपाल भित्र्याउने, शान्ति कायम गर्ने, पर्यटनको विकासबाट अर्थतन्त्र मजबुद बनाउने सपना बाढ्ने नेता तथा राजनीतिक दलहरु एक आपसमा कलह गर्ने, देशको लागि भन्दा आफ्नो लागी कुर्चीको कलहमा फस्ने, अशान्तिको सृजना गर्ने कार्यले पर्यटकहरुमा पुग्न गएको डर तथा त्रासको सन्देश पुग्न गएकोमा उनीहरुको ध्यान पुग्न सकेको छैन । राजिनितिकदलहरु परिवर्तनको नाममा जनयुद्ध गर्ने, कहिले कुर्चीको लोभमा संसद विघटन गर्ने, सरकार परिवर्तन गर्ने, कहिले चुनाव बर्हिस्कार गर्ने जस्ता बिभिन्न क्रियाकलापहरुमा ब्यक्ति तथा पार्टी बिशेषको स्वार्थका अगाडी देश तथा आम नागरिकको स्वार्थ प्रथमिकता दिनुपर्नेमा बिड्म्बन छ ।

राजनिति तथा चुनाबको समयमा जसरी भएपनि चुनाब जित्नु पर्छ भन्ने स्वार्थका लागी बिभिन्न चुनाबी तालमेल गर्न सक्ने नेताहरु किन देशको विकास तथा अग्रगमनको लागी एकताबद्ध हुन सक्दैनन् । दलहरुको घोषणापत्रमा र ब्यवहारमा यति फरक देखिन्छ की उनीहरु घोषणामा शान्ती लेख्छन ब्यवहारमा अशान्ती फैलिने ब्यवहार गर्दछन, विकास लेख्छन विनासको बाटोमा अग्रसर भएको अनुभव आमजनताले गर्दछन । उत्पादन बढाउने आत्म निर्भर हुने लेख्छन ब्यवहारमा उत्पादन बढाउने भन्दा पनि आयात गर्न अभिप्रेरित हुन्छन । नेताहरुले गरेका बाचाहरु पुरा हुन नसक्नुका कारणहरुमा सत्तामा रहदा नेताहरु यती शक्तिशाली आफुलाई सम्झिन्छन की उनीहरुको तुलना न त चुनाब अगाडीको घोषणापत्रमा उल्लेखित बाचाहरुसँग हुन्छ न त चुनाब पश्चात जनता तथा देश विकासको पक्षमा खेलेको अहम भुमिकासँग हुन्छ ।

राजनितिक दलहरुका घोषणपत्रहरुमा राज्य संचालन तथा विकासका धेरै चालु तथा पुँजीगत खर्चका लोकप्रिय योजनाहरु प्रषित हुन्छन तर ती खर्चका लागी आवश्यक पर्ने श्रोत र साधनहरुको बारेमा मौन रहेका हुन्छ । श्रोत विनाका उधारा खर्चका योजनाहरु पेश गर्नु आफैमा झुटको खेती गर्नु रहेको छ । संघियताले नित्याएको अधिक खर्चका तुलनामा आम्दानीका श्रोतहरुको पहिचान तथा कार्यान्वय गर्न नसक्नुले विस्तारै नकरात्मक प्रभाव पारेको अर्थतन्त्रमा राजनितिक दलहरुको घोषणापत्रले खर्चमा मितब्ययिता, श्रोतको सही सदुपयोग, आर्थिक सुशासन, दीर्घकालिन बिकासमुखी कार्यक्रमहरुले भरिपुर्ण हुनु पर्ने हो ।
राजनितिक प्रतिवद्धता तथा घोषणापत्रहरु वास्तविक सन्दर्भबाट टाढा हुने गर्दछन तथा ति राजनितिक दलहरुको घोषणाको सत्यता तथा दल माथि विश्वास⁄सत्यता माथि प्रश्न उठ्ने गर्दछ । यसरी आमजनतामा देखाएको सपनाहरु पुरा नहुनुले, राजनितिक दलहरु सो कार्यान्वयमा प्रतिबद्ध तथा सम्बेदन शिल नहुनुले लोकतान्त्रिक परिपाटी माथीको विश्वासलाई निकै कमजोर बनाउने गर्दछ । त्यसैले राजनीतिक दलहरुले अफ्नो प्रतिवद्दता तयार तथा पेश हुनु अगावै प्रशस्त अध्ययन, अनुसन्धान तथा बिश्लेषण गरी वास्तविकताको नजिक पुर्याउनु पर्ने हुन्छ । जसले उनीहरुलाई अन्य दलको तुलनामा आफुलाई विश्वसनिय सावित गर्दै आम जनताको मनोभावना जित्न सकोस ।
राजनीतिक दलहरुले विगतमा पेश गरेका घोषणापत्रहरु बिर्सिदिने, कार्यान्वय नगर्ने तथा केवल चुनाबमा मन जित्नको लागी तयार गर्ने र चुनावी भ्याङको रुपमा लिने परम्पराले देशमा विगत देखी जनताले दिएको बलिदानिको अपमुल्याङ्कन गरेको साबित हुन्छ । फलस्वरुप देशमा केही गरै भन्ने सपना देखेका युवाहरु पुन यस चुनाव पश्चात पनि आफ्नो भविश्य जोखिमा रहेको बिश्लेषण गदै विदेश जाने बाताबरणको अन्त्य होस, शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चित होस, आयातमुखी अर्थतन्त्र निर्यात मुखी तर्फ उन्मुख होस, देशमा बिधिको शासन चालोस, भष्ट्रचारको अन्त्य होस, शान्त, शुखी र समृद्ध नेपाल बनोस । सत्तामा रहेका राजनितिक पार्टीका चुनाबी घोषणपत्रहरुको आबधिक पब्लिक अडिट गरी प्रतिवेदन पेश गर्ने एउटा स्वतन्त्र निकायको स्थापना होस जसले गर्दा राजनितिक दल तथा सर्वसाधारणले सो अडिट प्रतिवेदन अध्ययन गरी बास्तविकत बुझ्ने आवसर पाउँनु ।
आउँदो चुनावमा दल दर्ता गर्दा अनिवार्य रुपमा बिगत चुनाबको पब्लिक अडिट रिपोर्ट लिने ब्यवस्था समेत निर्वाचन आयोगले गरोस ।
तसर्थ आउँदै गरेको चुनाबमा आम जनता सामु भोट माग्न आउने राजनितिक पर्टीलाई विगतको घोषणपत्रको स्मरण गराउँदै नयाँ घोषणापत्र स्वीकार गर्नु पर्ने अवस्था देखिन्छ । कसैको लहै लहैमा लागेर, झुटा आश्वासनको पछाडी लागेर मतदान गर्नु भन्दा योग्य, कर्मठ उम्मेदबार तथा राजनीतिक दलको छनौटमा स्वविवेक प्रयोग गरौ । जसले लोकतान्त्रीक अभ्यासलाई थप मजबुद बनाउदै संस्थात गर्न सहयोग पुर्याउँदछ । यस पटकको चुनावी घोषणापत्रहरु चुनाव पश्चात पनि आमजनता, सत्तापक्ष, प्रतिपक्ष सबैंले सम्झि रहने होस नकी प्रतिपक्षले मात्र सम्झिरहोस ।
गोबिन्द प्रसाद पौडेल, काठमाण्डौ

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo