धनगढी: दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीको गत बिहीबार सम्बन्ध विच्छेद भयो । सम्बन्ध विच्छेद बारे सामाजिक संजालमा पक्ष विपक्षमा टिप्पणी हुदै गरेका बेला डिभोर्सको दुई दिनपछि गायिका बबिता बानियाँ ‘जेरी’को एक वियोगान्त गीत बजारमा ल्याइन् ।
बबिताको शब्द सिर्जना रहेको गीतमा राजु परियार र पूर्णकला बिसीको स्वरमा शनिवार ‘चोट’ शीर्षकको गीत सार्वजनिक भएको हो ।
गीतले युट्युबमा निकै राम्रो भ्युज पाएको छ भने थुप्रै प्रतिक्रियाहरू आएका छन् । गितमा विरही कार्कीको संगीत, कमल सौरागको संगीत संयोजन छ ।
सिद्धकाली डिजिटलको प्रस्तुतिमा निरोज भट्टको यस गीतको भिडियोमा गायिका बनिता बानियाँ स्वयंमसँगै कलाकार राजु आर डी र निरोज भट्टको अभिनय छ ।
स्मृति तिमिल्सिना ‘गुरुआमा’को कथा एवं निर्देशन रहेको गीतलाई स्रोता एवं दर्शकहरूले बबिताको यथार्थ जीवन कहानी रहेको छ ।
