१८ मंसिर २०७९, आईतवार

डडेल्धुराकी टिकटक स्टार मिस पबी अभिनय रहेको नयाँ गित ‘कर्ली केश’ सार्वजनिक (भिडियो)

२६ कार्तिक २०७९, शनिबार
डडेल्धुराकी टिकटक स्टार मिस पबी अभिनय रहेको नयाँ गित ‘कर्ली केश’ सार्वजनिक (भिडियो)

धनगढी : पछिल्लो समय टिकटकबाट चर्चामा आएकी डडेल्धुराकि मिस पबी (पवित्रा साँकी) म्युजिक भिडियोमा अभिनय गर्न व्यस्त छिन् ।

शनिबार एक कार्यक्रमबिच उनको अभिनय गरेको नयाँ गित ‘कर्ली केश’ गीत सार्वजनिक भएको छ ।

मध्यपश्चिमाञ्चल गजल मञ्चको आयोजनामा ‘कर्ली केश’ गीत सार्वजनिक गरिएको हो ।

गितमा गायिका रचना रिमालको स्वर रहेको छ संगीत शिव संगीतको रहेको छ । गीतमा साहित्यकार डा. महेन्द्रकुमार मल्लको शब्द रहेका छन् । सुदीप सागरले एरेन्ज गरेका छन् ।

उक्त गीतको म्यूजिक भिडियोमा मिस पवि र अनुराग मल्लको अभिनय रहेको छ । म्यूजिक भिडियोको छायाँङ्कन अर्जुन सापकोटाले गरेका छन् ।भने वरिष्ठ नृत्यनिर्देशक कूलमान नेपालीको निर्देशन रहेको छ ।म्युजिक भिडियो ओएसआर म्युजिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo