धनगढी : कैलालीको अत्तरियास्थित अत्तरिया हस्पिटलले २८ गते बिश्व मधुमेह दिवसको अवसरमा नि:शुल्क ओपिडी सेवा तथा स्वास्थ्य परामर्श गर्ने भएको छ ।
हस्पिटलका अनुसार विशेषज्ञ चिकित्सकबाट २८ गते बिहान ८ बजेदेखि ११ बजेसम्म सुगरका बिरामीको स्वास्थ्य परामर्श दिईने जनाएको छ ।
सुगरका बिरामीको स्वास्थ्य परामर्शपछि नि:शुल्क ल्याब जाँच र औसधि बितरण पनि गरिने हस्पिटलले जनाएको छ ।
अत्तरियामा अत्तरिया हस्पिटलले विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा दिदै आएको छ ।
