धनगढी : कलाकार बबिता बानिया जेरी र शंकर क्षेत्रीले डिभोर्स गरेका छन् । अढाइ बर्षअघि वैवाहिकसम्बन्धमा जोडिएका यी जोडीले बिहीबार डिभोर्स गर्दै छुटिएका हुन् ।
डिभोर्स भएपछि सामाजिक संजाल गायिका जेरीले आफ्नो फेसबुकमा स्टाटस लेखेकी छन् – “दोस भाग्य लाई दिउ कि परिस्थिति लाई,,,मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पार्यो समयले,,,तिमिले दिएका हर आशुको थोपा लाई मोति बनाउने कोसिस गर्ने छु,,,आज बाट अलग भैयो”
५ बर्ष लामो प्रेम सम्बन्धपछि २०७६ माघ २१ गते विवाह गरेका थिए । उनिहरुको २ बर्षकी छोरी पनि छिन् ।
