धनगढी : समाजसेवी विनयप्रकाश मल्ल समर्पित “आउ विनय मल्ल” बोलको गित सार्वजनिक भएको छ ।
डडेल्धुराको अमरगढी नगरपालिका ४ खलंगामा जन्मेका मल्ल जापानमा रहेर डडेल्धुराका गरिवपिडित अपांग अशक्तलाई गरेको सहयोग र जिल्लाको बिकासमा गरेको योगदान समेटिएको गित सार्वजनिक गरिएको हो ।
उक्त गितमा गायक सुधिर जैरु र गायिका कल्पना ढुंगानाको स्वर रहेको छ भने शब्द र संगीत सुधिर जैरुकै रहेको छ । एरेन्ज दिपक संगम बिसिले गरेका छन् ।
उक्त म्युजिक भिडियोमा सुदूरपश्चिमकी चर्चित मोडेल झरना बोहरा र सुरत तमौलीको अभिनय रहेको छ । भने बिनय मल्लले गरेका सहयोगको फुटेजपनी राखिएको छ ।
म्युजिक भिडियो अमृत उपाध्यायले सम्पादन गरेका छन् भने पुरन महताको निर्देशन रहेको छ । म्युजिक भिडियो बिशेष फिल्मस् युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
विस २०४३ बैशाख १६ गते बुवा खडकबहादुर मल्ल र आमा बसन्तीदेवी मल्लको कोखबाट जन्मिएका विनय मल्लको बाल्यकाल संघर्षपूर्णको यात्रा रहेको छ ।
उनले डडेल्धुराका धेरै स्कुलहरुमा अक्षय कोषको स्थापना , पिडितलाई खाद्यान्न, लत्ताकपडा, छात्रवृत्ति,कोरोनाको समयमा अक्सिजन खरिद गर्न आर्थिक सहयोग गरेका छन् । बिकासका काममा आर्थिक सहयोग गर्दै आएका छन् ।
समाजसेवी मल्लले विगतमा आफूले भोग्नु परेको दुःख र पीडा अरूले भोग्न नपरोस् भनेर गरिव तथा पीडामा परेकालाई आर्थिक सहयोग गर्ने गरेको बताए । हालसम्म उनले गरिब, अनाथ, पीडित तथा समाज परिवर्तनका लागि एक करोड रुपैया जति व्यक्तिगत खर्च गरि सकेका छन् । उनी बर्षमा २० लाख जती समाजसेवामै खर्च गर्ने गरेका छन् ।
मल्ल जापानमा कम्पनी संचालन गरेर नेपालीसहित सयौंलाई रोजगार दिदै आएका छन् ।
