धनगढी : सुदूरपश्चिमका लोकगायक भरत भट्टको नयां गीत “घाणाे” सार्बजनिक भएको छ ।
पश्चिमेली गित ल्याएर चर्चा पाउन सफल भएका गायक भट्ट उनका गित चर्चा पाउने गरेका छन् । उनको नयाँ गित घाणोमा पश्चिमीमा बोलिने शब्द र लय रहेको छ । घाणाेलाई सामान्य भाषामा घण्ट भनेर बुझिन्छ।
गितमा भट्टकै स्वर ,शब्द र लय रहेको छ भने म्युजिक एरेन्ज बिष्णु तामाङको रहेको छ ।
म्युजिक भिडियोमा अनिल कटुवाल र सन्चिता बोलाखेले अभिनय गरेका छन् ।
भिडियो सम्पादन मिलन बिश्वकर्माले गरेका छन् । भने भिडियो निर्देशन बिक्रम चौहानले गरेका छन् । भिडियो अनिल कटुवालको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
