KhabarUjyalo

प्रहरीले बिहानै घर घेरा हालेर यसरी समातिए लालझाडीका कुख्यात डकैती ‘शैल सिंह’

१२ मंसिर २०७८, आईतवार
प्रहरीले बिहानै घर घेरा हालेर यसरी समातिए लालझाडीका कुख्यात डकैती ‘शैल सिंह’

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले आठ वटा मुद्दाका आरोपी शैल भन्ने शौरभबहादुर सिंहलाई  पक्राउ गरेको छ । कञ्चनपुर प्रहरीले लामो समयको प्रयासपछि उनलाई लालझाडी चान्देवस्थित एक घरबाट आइतबार बिहान ४ बजे पक्राउ गरेको हो ।

पछिल्लो समय ७ कात्तिकमा शैलको समूहले  बेलौरी बजार पानी ट्यांकी नजिक रहेको डिडि अटोमोबाईल्स सोरूमबाट तीन वटा मोटरसाइकल डकैती गरेर लगेको थियो । दिनदहाडै ग्राहक बनेर आएको समूहले डकैती गरेर लगेका पल्सर मोटरसाइकल प्रहरीले विभिन्न मितिमा बरामद गरेर यसअघि नै बिबेक बम, लक्ष्मण चुनारा, ठग्गी राना, पारष बिष्ट र किरण नाथलाई पक्राउ गरेर अदालतमा पेश गरिसकेको छ ।

कञ्चनपुर जिल्ला अदालतले  घटनाका मुख्य योजनकार शैलु भन्ने शौरभ बहादर सिंह, नरी बिष्ट भन्ने नरेन्द्र जोशी, सतिस बोहरा र भुवन ऐर समेतका ४ जनालाई फरारी घोषणागर्दै अरेष्ट वारन्ट जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार लामो प्रयासपछि सिंहलाई लालझाडी चान्देवस्थित एक घरबाट पक्राउ गरिएको हो ।

‘हामीले सर्वाधिक खोजेका अभियुक्तमध्ये एक हुन्,’ एसपी चतुर्वेदीले भने, ‘यसक्षेत्रमा यी अभियुक्तको आतंक जस्तै थियो ।’ प्रहरीका अनुसार शैल र उनको समूह बिरुद्ध २०७४ पुसयता ८ जघन्य मुद्दा दर्ता भएका छन् ।

यो समूह बिरुद्ध इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा लागूऔषध मुद्दा दर्ता भएको छ । यस्तै जिप्रका कञ्चनपुरमा २२ पुस २०७४ मा ज्यान मार्ने उद्योग  औषध मुद्दा र जिल्ला प्रहरी कार्यालय कैलालीमा १० साउन २०७४ मा  चोरी मुद्दा दर्ता रहेको छ ।

यस्तै इप्रका झलारीमा मात्रै यो समूह बिरुद्ध विभिन्न मितिमा ३ थान चोरी मद्दा दर्ता छ । यस्तै इप्रका बेलौरीमा २ थान चोरी मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo