धनगढी : लोकप्रिय लाइभ देउडा गायक दीर्घ फुलारा र देउडा गायिका कल्पना खडका बिचको घम्साघम्सी लाईभ देउडा गित ‘जोई मर्याका राणा’ बजारमा आएको छ । सुदूरपश्चिम र मध्यपश्चिमका चर्चित देउडा गायकहरुको साथ रहेको उक्त देउडामा सुदूरपश्चिम र मध्यपश्चिमको लाइभ डेउडाको मौलिकता झल्किएको छ ।
सुदूर तथा मध्य क्षेत्रमा गाईने प्रचलित लोक गायन शैलीमा बाजागाजा,साउण्डसहितलाई गितमा ब्यवस्थित गर्दै लाइभ देउडा बजारमा ल्याएको गायक दीर्घ फुलाराले बताए । पछाडि परेका पुराना लाइभ डेउडा गायकलाई माथी ल्याउने,देउडा गितले मौलिकतालाई देशभर झल्काउने, डेउडामा नयाँ पुस्तालाई उत्प्रेरित गर्ने उदेश्यले सुदूर देउडा गायकहरु मिलेर बिजिएफडब्लुए संस्था खोलेर ‘देउडा हाम्रो, फैसला तम्रो’ नामक अफिसियल युट्युब च्यानल संचालन गरेको देउडा गायक फुलाराले बताए । उक्त युट्युव च्यानलबाट कमाई भएको रकम पुराना अग्रज कलाकारलाई सहयोग गरिने पनि उनले बताए ।
डेउडा गीत विशेष गरी समूहमा प्रस्तुत गरिन्छ । स्थानीय भाषिकाहरूमा सृजित भई मान्छेको जीवनमा आउने सुख दुःखका अनुभुती, मिलन बिछोड,माया प्रेमको पक्षलाई डेउडाले सङ्केत गरिने गरिन्छ । गितमा मायाप्रेमका कुराहरुलाई मौलिक शब्द राखेर गाइएको छ ।
गितमा रेखा जोशी,लक्ष्मी आचार्य,पुस्पा बोहरा,भावना चन्द,अनिशा बाजुराली,लक्ष्मी बिसि,इश्वरी नेपाली, सरिता खडका रावल,गिता नेपाली,मनिषा नेपाली,अन्जु सिंह,ललिता नेपाली,स्वचन नेपाली,रोजि कुवर,पशुपति खनाल,निरु देउवा,कल्पना खड्का,मनिका भण्डारी,डि.बि. खड्का,आन्नद खड्का,टेक बिष्ट,टेक बोगटी,दिपक संगम बिसि, ध्वज महरा, दीर्घ फुलारा,टंक तिमिल्सिना, लाल बहादुर धामी(अछामी बड्डो),कमल न्यौपाने,पुर्ण नेपाली, मनोज भण्डारी लगायत कलाकार रहेका छन् । देउडिया कलाकारको संयोजन गायक दीर्घ फुलाराले गरेका छन् भने गितको निर्देशन बिनोद बाजुरेली र सह निर्देशन टेक बुढाले गरेका छन् । गितमा उद्घोषण गायक टंक तिमिल्सिना र गायिका रेखा जोशीले गरेका छन् ।
