काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले स्पीनर सन्दीप लामिछाने क्रिक्रेट टिममा फर्किएसँगै टिम ब्यालेन्स भएको र बलिङ बलियाे भएको बताएका छन्।
भोलिदेखि काठमाडौंमा सुरु हुने टी-२० विश्पकपको एसिया छनोट अघि आज त्रिवि क्रिक्रेट मैदानमा आयोजना गरेको पत्रकार सम्मेलनमा कप्तान पौडेलले यस्ताे बताएका हुन् ।
‘स्याण्डी दाइ (सन्दीप लामिछाने) आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ।’ कप्तान पौडेलले पत्रकार सम्मेलनमा भने ।
पत्रकार सम्मेलनमा नेपाली क्रिक्रेट टोलीका प्रशिक्षक मोन्टी देसाईले सन्दीप खेलका लागि तयार रहेको बताए। नेपालले पहिलो खेल भोलि सिंगापुरसँग खेल्दै छ ।