KhabarUjyalo

कैलालीमा छोराले गरे आफ्नै बुवाको हत्या

October 29, 2023
कैलालीमा छोराले गरे आफ्नै बुवाको हत्या

धनगढीः कैलालीमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् ।

जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ३ लाइकपुरमा छोराले आफ्नै बुवाको हत्या गरेको खुलेको हो।

आफ्नै घरको आँगनमा घरायसी बिवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको थियो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo