काठमाडाैं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन्। उनलाई परराष्ट्रमन्त्री एनपी साउदले महासचिव गुटेरेसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे निमन्त्रणामा काठमाडाैं आइपुगेका गुटेरेसले आजै राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेट गर्नेछन्।
महासचिव गुटेरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संघीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्।