KhabarUjyalo

अत्तरियाबाट बिदाको दिन चलाइएको सरकारी मोटरसाइकल युवाले नियन्त्रणमा लिए

October 28, 2023
अत्तरियाबाट बिदाको दिन चलाइएको सरकारी मोटरसाइकल युवाले नियन्त्रणमा लिए

धनगढीः कैलालीको अत्तरियाबाट एक सरकारी मोटरसाइकललाई स्थानीय युवाले नियन्त्रणमा लिएका छन्।

सार्वजनिक बिदाको दिन अनुमति बिना चलाइएको सरकारी मोटरसाइकल स्थानीय युवाले नियन्त्रणमा लिएका हुन्। सहरी विकास तथा भवन निर्माण कार्यालयका सव–इन्जिनियर उपेन्द्र महतराले अनुमति बिना चलाएको मोटरसाइकल स्थानीय युवा भुवन भट्टले नियन्त्रणमा लिएका छन्।

सुदूरपश्चिम प्रदेश ०१००१ ब २०८६ नम्बरको सो मोटरसाइकल भट्टले नियन्त्रणमा लिएर सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियालाई खबर गरेका थिए। प्रहरीले चेकजाँच गर्दा सो मोटरसाइकल अनुमति बिना बिदाको दिन चलाएको फेला पारेपछि नियन्त्रणमा लिएको थियो।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo