Khabar Ujyalo

यूएईलाई नेपालले दियो १६३ रनको लक्ष्य

१० कार्तिक २०८०, शुक्रबार
यूएईलाई नेपालले दियो १६३ रनको लक्ष्य

काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको नेपालले एक सय ६३ रनको लक्ष्य दिएको छ।

आठ विकेट गुमाएर १ सय ६२ रन बनाएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटीङमा उत्रेको नेपालले युएईमाथि ह्याट्रिक जित निकाल्ने दाउमा छ।

नेपालले पाँचौँ, सातौँ, आठौँ, तेह्रौँ, सोह्रौ, सत्रौँ, अठारौँ ओभरमा विकेट गुमाएको थियो।  यसअघि भएको लिगको खेलमा नेपाललले पहिलो खेलमा युएईलाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटले हराएको थियो।

कुशल भुर्तेलले २९ बलमा अर्धशतक बनाए भने दिपेन्द्रसिंह ऐरी १५ बलमा २०, कप्तान रोहित पौडेल १७ बलमा १८, आसिफ शेख १२ बलमा ८ कुशल मल्लले २ बलमा १, सन्दीप झोरा १० बलमा १०, गुलशन झा ८ बलमा  ५,  सोमपाल कामी  ८ बलमा १३  रन बनाए भने करण केसीले १७ बलमा २३ रनको योगदान दिए।

त्यस्तै, नेपालले हङकङलाई पनि दुवै खेलमा पराजित गरेको थियो। नेपालले हङकङलाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७९ रनले हराएको थियो।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशी छन्।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.