KhabarUjyalo

उपाधिका लागि आज नेपाल र युएई भिड्दै

१० कार्तिक २०८०, शुक्रबार
उपाधिका लागि आज नेपाल र युएई भिड्दै

काठमाडौ : काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल खेल आज (शुक्रबार) हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेलमा घरेलु टोली नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)को सामना गर्नेछ । फाइनल खेल बिहान ११ बजेबाट शुरू हुनेछ ।

नेपाल, यूएई र हङकङको सहभागिता रहेको सिरिजअन्तर्गत नेपालले चारवटै खेलमा जीत हात पारेर फाइनलमा स्थान बनाएको थियो ।

यूएई र हङकङले समान एक-एक खेल जीत हात पारे पनि नेट रनरेटमा यूएई फाइनल पुगेको हो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo