KhabarUjyalo

फिफा वरीयतामा नेपाल दुई स्थान माथि उक्लियो

९ कार्तिक २०८०, बिहीबार
फिफा वरीयतामा नेपाल दुई स्थान माथि उक्लियो

काठमाडौंः  फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिम दुई स्थान माथि उक्लिएको छ।

फिफाले बिहीवार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाली टिम १७३ औँ स्थानमा छ। नेपाल यसअघि वरीयताको १७५औँ स्थानमा थियो। नेपालले अक्टोबरको फिफा विन्डोमा विश्वकप छनोट–२०२३ को पहिलो चरणमा लाओससँग खेलेको थियो।

दुई लिगमा नेपालले लाओसलाई समग्रमा २–१ ले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाएको थियो। घरेलु मैदानमा भएको पहिलो लिगमा नेपालले १–१ को बराबरी खेल्दा दोस्रो लिगमा लाओसलाई उसैको मैदानमा १–० ले हराएको थियो। यही जितका कारण नेपालले वरीयतमा १० प्वाइन्ट थप गर्दै दुई स्थान सुधार गरेको हो।

नेपाल १७५औँ स्थानमा रहँदा ९५३.८५ प्वाइन्ट थियो। हाल नेपालको प्वाइन्ट ९६३.८२ छ। फिफाको वरीयताअनुसार दक्षिण एसियामा भारत १०२औँ स्थानमा छ। माल्दिभ्स १६१औँ, भुटान १८२औँ, बंगलादेश १८३औँ, पाकिस्तान १९३औँ र श्रीलंका २०२औँ स्थानमा छ। विश्वकप विजेता अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा यथावत् छ। दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा बेल्जियम छ।

 

 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo