KhabarUjyalo

धनगढीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

८ कार्तिक २०८०, बुधबार
धनगढीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

धनगढीः धनगढीमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।

मंगलबार राति करिब ११ बजेको समयमा धनगढी उपमहानगरपालिका-१३ बस्ने ४२ वर्षीय रामशरण राना भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

रानासँग भरुवा बन्दुक रहेको भन्ने आधारमा प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा खटिएको टोलीले ससुरा नाता पर्ने मनिराम रानाको गाईगोठ भित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने छर्रा पाँच थानसहित रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo