KhabarUjyalo

विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई दियो २ सय ८३ रनको लक्ष्य

६ कार्तिक २०८०, सोमबार
विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई दियो २ सय ८३ रनको लक्ष्य

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई २ सय ८३ रनको लक्ष्य दिएको छ ।

चेन्नईमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८२ रन बनायो ।

पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ७४ रन बनाए । यस्तै अब्दुल्लाह शफिकले ५८ तथा इफ्तिखर अहमद र शदाब खान समान ४० रन बनाएर आउट भए । बलिङतर्फ अफगानिस्तानका नूर अहमदले ३ र नवीन उल हकले २ विकेट लिए ।

यसअघिका ४ खेलमा २ खेल जितेको पाकिस्तान तालिकाको पाँचौँ स्थानमा छ । उति नै खेलमा १ खेल जितेको अफगानिस्तान पुछारमा छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo