काठमाडौं । त्रिदेशीय टी–ट्वेन्टी क्रिकेट सिरिजमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन् ।
प्रतियोगितामा लगातार तीन खेल जितेर फाइनलमा पुगिसकेको नेपाल आज चौथो जित निकाल्ने योजनामा छ । हिजोको खेलमा हङकङलाई हराएको युएई पनि आज नेपाललाई हराउँदै फाइनलमा स्थान पक्का गर्न चाहन्छ ।
आज नेपाल विजयी भएको खण्डमा युएई र हङकङबिच कात्तिक ८ गते हुने खेलले फाइनलमा पुग्ने अर्को टोलीको टुंगो लगाउनेछ ।
मुलपानी मैदानमा हिजो भएको खेलमा हङकङले जितका लागि दिएको १ सय ५० रनको लक्ष्य यूएईले १८ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । डबल राउन्ड रोविनको आधारमा भइरहेको सिरिजको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल खेल्नेछन् ।
फाइनल खेल कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ