क्यानाडा : नेपालीहरुको महानचाड दशै, तिहार, छठ र नेपाल सम्वतको अवसरमा क्यानाडामा सांस्कृतिक कार्यक्रमको आयोजना हुंदैछ ।
नेपाली समुदाय नेटवर्क क्यानडा र नेपाली जनजाति संघ क्यानडाको आयोजनामा यही अक्टोबर २१ तारिखमा क्यानडास्थित ब्राम्पटोनको चादनी व्यान्क्युट हलमा भव्य ‘सांगीतिक साझ’ हुन लागेको हो ।
उक्त कार्यक्रममा चर्चित गायक कुलेन्द्र विश्वकर्मा र गायिका टीका प्रसाईंको प्रस्तुति रहनेछ । कार्यक्रममा सहभागी गायक कुलेन्द्र र गायिका टीका क्यानाडा पुगि सकेका छन् ।