KhabarUjyalo

विश्वकप क्रिकेटः विराट कोहलीको शतकमा भारतको लगातार चौथो जित

३ कार्तिक २०८०, शुक्रबार
विश्वकप क्रिकेटः विराट कोहलीको शतकमा भारतको लगातार चौथो जित

काठमाडौं । विराट कोहलीले शानदार शतक बनाएपछि भारतले आइसिसी विश्वकप २०२३ मा लगातार चौथो जित हात पारेको छ । बंगलादेशलाई ७ विकेटले हराउँदै भारतले सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

हिजो भएको खेलमा भारतले बंगलादेशलाई सात विकेटले हराउँदै चौथो जित निकालेको हो ।पुनेमा बंगलादेशले दिएको २ ससय ५७ रनको लक्ष्य भारतले मात्र तीन विकेट गुमाएर ४१ ओभर ३ बलमा पुरा गर्यो । भारतका लागि विराट कोहलीले नटआउट १०३ र के एल राहुलले नटआउट ३४ रन बनाए । ९७ बल सामना गरेका कोहलीले ४ छक्का र ६ चौका हाने । के एल राहुलले तीन चौका र एक छक्का प्रहार गरे ।

यस्तै आउट हुनुअघि शुभमन गिलले ५ चौका र २ छक्काको मद्दतले ५३, रोहित शर्माले सात चौका र २ छक्काको मद्दतले ४८ र श्रेयस ऐयरले १९ रन बनाए । बंगलादेशका लागि मेहदी हसनले २ र हसन महमुदले एक विकेट सलिए ।
यसअघि पुनेस्थित महाराष्ट्र क्रिकेट संघ रंगशालामा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २ सय ५६ रनको योगफल तयार पारेको थियो ।

बंगालदेशका लागि लिटोन दासले ८२ बलमा सात चौकाको मद्दले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी तन्जिद हसनले ४३ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ५१, महमुदुल्लाहले ४६, मुस्फिकर रहिमले ३८, तोहिद हृदयले १६ र नासुम अहमदले १४ रन बनाए ।

भारतका लागि रविन्द्र जडेजा, मोहम्मद सिराज र जसप्रित बुमराहले समान दुई तथा कुलदिप यादव र शार्दुल ठाकुरले समान एक विकेट लिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo