डडेल्धुरा । अजयमेरु गाउँपालिकामा युवाहरुले ताला लगाएका छन् । गाउँपालिकाको कार्यालयसंगै अध्यक्ष उमेशप्रसाद भट्ट विकास, उपाध्यक्ष बसन्ती पाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल सेठीको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।
गाउँपालिकामा विवादका कारण कर्मचारीहरुले असारपछि तलब नै पाएका छैनन् । भने सामाजिक सुरक्षा भत्तासमेत निकासा भएको छैन ।
गाउँपालिकामा बढेको विवादका कारण कर्मचारीहरुले असारपछि तलब नै नपाएको र सामाजिक सुरक्षा भत्तासमेत निकास नहुँदा गाउँपालिकावासीलाई समस्या भएकोले तालाबन्दी गरिएको स्थानीय युवा सुनिल ठकुराठीले जानकारी दिए ।
गत असार २४ गते मन्त्रालयले प्रमुख प्रकासकीय अधिकृत नभएका स्थानीय तहमा निमित्त तोक्दा ‘वरिष्ठ’ कर्मचारीलाई जिम्मेवारी दिनू भन्दै परिपत्र गरेको थियो । तर, अजयमेरुमा भने गाउँपालिका जुनिएर शिक्षा शाखा अधिकृत लालबहादुर सेठीलाई जिम्मेवारी दिँदा बिवाद बढेको छ।
गाउँपालिकामा उनीभन्दा वरिष्ठ चार जना छैठौं तहका अधिकृत छन् ।
यता गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले भने ३ कात्तिकभन्दा पहिले कर्मचारीले तलब पाउने दाबी गरे ।