KhabarUjyalo

नवरात्रको पहिलो दिन आज जमरा राख्ने दिन, शुभ साइत कति बजे ?

October 15, 2023
नवरात्रको पहिलो दिन आज जमरा राख्ने दिन, शुभ साइत कति बजे ?

धनगढी : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दूहरूकाे महान् पर्व बडादशैंको पहिलो दिन भाेलि ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, घटस्थपना गर्ने साइत भोलि बिहान ११ बजेर २९ मिनेटमा परेको छ । यो दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नुअगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ ।

दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाउने प्रचलन छ ।

नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ ।

घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन छ।

यस पक्षको पहिलो दिन शैलपुत्री,  दोस्रो दिन ब्रह्मचारिणी,  तेस्रो दिन चन्द्रघण्टा,  चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता,  छैटौँ दिन कात्यायनी,  सातौँ दिन कालरात्रि,  आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo