KhabarUjyalo

गन्याधुरामा लाखौंका कोल्ड स्टोर ठडिए तर किसान भने ठगिए !

October 12, 2023
गन्याधुरामा लाखौंका कोल्ड स्टोर ठडिए तर किसान भने ठगिए !

डडेल्धुरा : जिल्लाको गन्यापधुरा गाउँपालिकामा निर्माण भएको शित भण्डार(कोल्ड स्टोर) सम्पन्न भए पनि सञ्चालनमा आउन सकेका छैन ।

गन्यापधुरा गाउँपालिकाले वडा नम्बर ५ र वडा नम्बर २ मा शीत भण्डार भवन निर्माण गरेको छ ।

१ करोड १० लाखमा वडा नम्बर ५ मा र ६० लाखमा वडा नम्बर २ मा किसानलाई लक्षित गरि किसानले उत्पादित आलु, तरकारी लगायतका फलफूल तथा वीउ भण्डारणका लागि निर्माण गरेको थियो । तर निर्माण भईसके पनी संचालनमा आउन सकेको छैन ।

रगन्यापधुरा २ सिमलपुरमा निर्माण गरेको शितभण्डारमा मेसिन र विद्युत जडान नहुदा डेढ बर्ष देखि अलपत्र छ । भने वडा नम्बर ५ को शीत भण्डारमा विद्युत जडान नहुदा किसानले उपयोग गर्न पाइरहेका छैनन् । ।

आफूले गाउँमै उत्पादन गरेका कृषि बस्तु पालिकाकै शीत भण्डारमा भण्डार गर्ने भनेर दङ्ग भएका किसान संचालन नहुदा निरास मै रहनु पर्ने बाध्यतामा छन् ।

शीत भण्डार गर्न नपाउदा तरकारी कुहिने डरले किसानले सस्तो दरमा बिक्री गर्नु पर्ने बाध्यता छ भने महङ्गोमा बिउ खरिद गर्नु परेको किसानको गुनासो रहेको छ ।

एक किसानले गुनासो गर्दै भने- ‘महँगोमा आलुको बीउ खरिद गरेर आलु उत्पादन गर्नु पर्छ, उत्पादन गरेको आलु कोल्ड स्टोर नहुदा सस्तो बिक्री गर्नु परेको छ’ उनले भ्ने ।

‘यहाँ कोल्ड स्टोरको अभावले उत्पादन गरेको आलु कोल्ड स्टोरमा राख्न कैलालीको पहलमानपुर पुर्‍याउनु पर्ने बाध्यता छ ।’

यस्तै अर्का किसानको पनि गुनासो यस्तै रहेको छ । उनी भन्छन्- ‘करोडौं लगानी गरेर कोल्ड स्टोर बनेको छ संचालन भने छैन । उत्पादन गरेको आलु कोल्ड स्टोरमा राख्न नपाउदा बीउ अन्यत्रबाट ल्याएर लगाउनु परेको छ ।’

अहिले किसान आलु लगाउन तयारी गरेका छन् । भने अदुवा सुन्तला, मौसम कागती लगायत फल्ने सिजन रहेको छ । किसान उत्पादित तरकारी फलफूल शीत भण्डारमा भण्डार गर्न पाएमा किसान लाभान्वित हुनेछन् ।

वर्षभरी दुःख गरेर आलु उत्पादन गर्छ, त्यही पनि समयमै बिक्दैन, बिके पनि मूल्यभन्दा निकै कममा बेच्नु परेको छ ।

शीत भण्डार संचालनमा नआउदा महंगा र महत्वपूर्ण उपकरण बिग्रने अवस्थामा रहन्छ ।

गन्यापधुरा ५ का वडाध्यक्ष चन्द्र प्रसाद रोस्याराका अनुसार वडा नम्बर ५ मा निर्माण भएको शीत भण्डार अन्तिम चरण रहेकोले केही दिनमै सन्चालन आउने दावी गरे । ५० मिटर तार जडान गर्न मात्र काम बाकी रहेको उनले बताए । विद्युत तार जडान भएपछि शीत भण्डार संचालन ल्याइने बताएका छन् ।

 

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo